Loading...
Hi, How Can We Help You?

Tag Archives: कविता

June 23, 2021
June 23, 2021

अन्जना पौडेल

कक्षा: १०

हिन्दुको ठुलो देवता, भगवान राम हुन्
संसारको ठुलो मान्छे, केवल एउटी आमा हुन् ।

नौ महिना दुःखमा बसिन्, गर्भमा आफ्नो रखेर
सहन नसकिने पिडा सहिन्, प्राण आफ्नो मानेर ।

कस्तो रहेछ संसार भनी, यी आमाले देखाइन्,
खुसीको यो दिन भनी, भोज भतेर खुवाइन् ।

हात मेरो समाएर, ताते हिड्न सिकाइन्,
आमाले नै पहिलो शब्द, आमा भन्न सिकाइन् ।

मलाई गाह्रो पर्दा, आमाले पिडा पाइन्,
मलाई केही भएमा, आमा आफै रोइन् ।

मेरी छोरी राम्री भन्दै, सबैलाई भन्थिन्,
मलाई कसैले गाली गर्दा, आमा उनीसँग लड्थिन् ।

स्कुल जाने बेलमा, स्कुल पनि पठाइन्,
मैले गृहकार्य नगरेमा, गाली गर्दै हात समाइन् ।

मलाई खाना खुवाउथिन्, आफू नखाइ नखाई
दुःख आफ्नो लुकाइ राख्थिन्, कसैलाई नदेखाई नदेखाई ।

घरको सबै काम गर्थिन्, खाजा पनि खुवाइउथिन्, गल्ती गर्दा सम्झाएर, राम्रो कुरा सिकउथिन् ।
धेरै माय पाए, मैले आमाबाट नै सबैको यो सलाम छ है, (आमाहरूलाई)

June 23, 2021
June 23, 2021

समिर वि.क.
कक्षा :-७

सानो थिएँ तोते बोल्थेँ
विद्यालय आउ्रँदा
धेरै कुरा सिके मैले
यहाँ पढ्न पाउँदा

सानैदेखि राम्रो बानी
गर्नु पर्छ सुरु ।

सबैसँग मिठो बाल
भन्नुहुन्छ गुरु ।

ज्ञानी भई स्कुल र घरमा
हामी पढौ
आआफ्नो काम गर्नलाई
अ्रल्छी नगरौँ

पढी लेखि ठुलो मान्छे
बन्ने हाम्रो काम
आज भए पनि
कमाउनेछौँ नाम

बाबा आमा गुरुलाई
आदर गर्नु पर्छ ।
साथी भाइ सबैसँग
मिली बस्नु पर्छ ।

आजैदेखि राम्रो गरी
अधि बढ्नु पर्छ ।
पछि हामी असल मानिस
बन्नसक्नु पर्छ ।।

 

June 21, 2021

साहारा क्षेत्री
कक्षा: ५

सुन्नुस साथी बताउनेछु हाम्रो देशको हाल
सुन्दर शान्त हरियाली देश छ नेपाल ।
जल श्रोतको धनी राष्ट्र विश्वले चिन्दछ
धेरै खालको जडिबुडी विदेशीले किन्छ ।
पहाड, मदेश, तराई अनि अग्लो सगरमाथा
चार जाती छत्तिस वर्ण हुन्छन् सधै साथ ।
एक सिगें गैडा हुन्छ नेपालमा मात्र
त्यही गैडा हेर्नलाई विदेशीको यात्रा ।