Loading...
Hi, How Can We Help You?

Category Archives: Students’ Creation

January 24, 2022

प्रकृती काफ्ले
कक्षाः ९

जसले संसार देखाउनुभयो, आफ्नो खुसी भुलेर आफ्ना सन्तान र परिवारका निम्ति सङ्घर्ष गर्न परदेश जानुभयो त्यो आत्मीय शब्द नै बाबा हो । साँच्चै बाबा र आमाको माया विश्वमै अमूल्य छ । आफ्ना सारा सपना बिर्सेर सन्तानको भविष्य साकार पार्न आफ्नो मातृभूमि, घरपरिवारसमेत छोडेर कोसौँ टाढा अर्काको देशमा गई पसिना र रगत बगाउने महान् व्यक्ति नै बाबा हो । भनिन्छ, आमाले जन्म दिनुभयो, आमा संसारकै महान् व्यक्ति हो । यो वास्तविक जीवनको सत्यता हो तर बाबा पनि संसारकै महान व्यक्ति हो । सन्तान बनेर सक्षम हुनको लागि बुवा र आमाको समान हात हुन्छ । त्यसैले मलाई लाग्छ, हाम्रो जीवन पनि बुवा आमाको देन हो, जसले गर्दा हामीले आज संसार देख्न पाएका छौं । जति अप्ठ्यारो परेपनि, जति कठिन परिस्थिति आएपनि धैर्यताका साथ कार्य सम्पन्न गर्न हौसला दिने मेरा दुई महान आमाबुवाका
अगाडि म आभारी छु ।
जति टाढा भएपनि सञ्चो नहुँदा आत्तिने मेरा बुवा, टाढा भएपनि मलाई फोनबाटै गुड मर्निङ भनेर बिउँझाउने मेरो बाबा, साँच्चै म अति भाग्यमानी छु, जसले भगवानभन्दा पनि माया गर्ने बाबा पाएकी छु । सन्तान बिरामी परेर अस्पतालमा भर्ना हुँदा ऋण लिएर पनि, आपूmले दुःख र पिडा सहेर पनि खर्च जुटाउने बाबाले नै हो । संसारमा भगवान छन्, भगवानले हामीलाई आपत् पर्दा साथ दिन्छन्, हाम्रो हरेक अप्ठ्याराहरू पार लगाईदिन्छन र हाम्रो जीवन सुखी बनाईदिन्छन् भन्ने हाम्रो धारणा छ । हो यो कुरा मैले मान्छु, भगवान छन् ती भगवान भनेका माता र पिता हुन । जसले मरेर भएपनि सन्तानको खुसी लिएर आँउछन् । सानो हुँदा मेरो छोराछोरीले के खान्छन्, के लाउँछन् र के चाहन्छन् भनेर हरेक चाहाना, हरेक इच्छा साकार पार्ने, हरेक मुस्किलमा साथ दिने बाबाले आफ्नो जीवनमा केही नपाएपनि हाँसेर सन्तानका निम्ति आफ्ना इच्छा र चाहनाको बलिदान दिनुहुन्छ । दुःख, पिडा पर्दा पनि आफ्नो पिडा लुकाएर परिवारको ओठमा हाँसो ल्याउनुहुन्छ बुवा । हरे क अप्ठ्यारा बाटाहरूमा ढाल बनी अगाडि आउने बाबा । आफ्ना आँसु लुकाएर परिवारको आँसु पुछ्ने बाबा । साँच्चै नै बाबा बन्न निकै मुस्किल छ । बाबाले आफ्नो परिवारको हरेक दुःखमा साथ दिनुहुन्छ । संसार का हरेक नकारात्मक सोच र कुराहरूको विरोध गरी हामीलाई सचेत गराउने बुवा । म सँगै शब्द नै कम छ । कसरी वर्णन गरुँ म बाबाका शब्दहरूलाई ।

साँच्चै मेरो अन्तिम साससम्म पनि बाबा र आमाकै नाम झल्किन्छ । म साकार पार्न चाहन्छु मेरो बाबाका सङ्घर्षलाई । मलाई मात्र थाहा छ कि मैले धेरै मिहिने त गर्नुपर्ने छ। म हिँड्छु मेरो बाबाले देखाएको बाटामा र साकार पार्ने छु बाबाका सपनाहरू । आँखमा आँसु नझार्नु बाबा म खुसी बनाँउला हातमा हात मिलाई सधैँ अगाडि बढौँला ।। परिवार भनी धेरै गर्नुभो देश र विदेश नजानु बाबा मन दुख्छ मेरो छोडेर परदेश ।।

January 24, 2022
January 24, 2022

अंकित तिवारी
कक्षाः ९

आमाले हामीलाई हुर्काउनु, भो बढाउनु भो ।
दुःखै, दःखमा हामीलाई पढाउनु भो ।।

आमाको महिमा, बुझ्नुपर्छ हामीले ।
सुख कहिल्यै भएन होला, कामले ।।

ठुलो मान्छे वनाउने हुन्छ आमाको मन ।
दुख कष्ट गरी जुटाउनु भो पढाउनलाई धन ।।

आमाको माया खोजेर पाइदैन ।
पढाउनु भो हामीलाई धन सम्पति चाहिदैन ।।

पढ्न सके धनर सम्पति कमाउला ।
दुःखी मेरी आमाको मन, कति रमाउला ।।

January 24, 2022

शीला पाठक
पूर्व विद्यार्थी

अशिक्षा यो देशको ठुलो शत्रु भएकाले
धेरै यहाँ स्कुल नगई अल्छी भएकोले
अल्छिपन र अशिक्षालाई सबले बुझ्नुपयो
नेपालीलाई यसले यहाँ धेरै दुःख गर्थे ।

अशिक्षाले गर्दा यहाँ जाल झेल कति
बुढापाका सवको यहाँ विग्रेको छ मति
वुढापाका नारीपुरुष फुर्सद मिलाएर
दिन रात पढ्नुप¥यो मन लगाएर

होटल र चौतारीमा गर्ने गफलाई
प्रौढ शिक्षा तर्फ अग्रसर गराउँ सवलाई
कोही छन् भोका यहाँ केही को बिहिन घरबार
दुसित छ है फुलवारी छैन हराभरा

घरको काम सबै क ख पढ्ने हामी
रात दिन पढाइ तर्फ बसालौ है बानी
अशिक्षाले हामीहरू भयौँ अन्धकार
आखा हाम्रा गुच्चा जस्तै भएका छन सारा

खेतीपाती, बातावरण, पशुपक्षी हाम्रो
हिन्दु राष्ट्र हिमालसहित हेर कति राम्रो
सबै कुरा सम्पन्न छ सानो हाम्रो देश
अशिक्षाले गर्दा देश पछि परेको छ ।

January 24, 2022
January 24, 2022

Kritika Lamichhane
Class: 8

Chocolate is sweet and so good to eat.
I like it whatever I need a good real;
In brownies and cookies and chocolate cake
It adds extra sweetness to everything.
You bake white chocolate, dark chocolate
and milk chocolate I know I could eat;
more than more pies of chocolate.

January 24, 2022
January 24, 2022

अश्मी भुसाल
कक्षाः ७

लम्किएका पाइला रोकी अरू केही छान्न आमा
जवर जस्ती चढाउँदैमा डोली चढी जान्न आमा
छोरी जन्मे हारेको कर्म भन्छन् समाजमा पनि
मत तयार थिइन त्यस्तो कुरा मान्न आमा
जवर जस्ती चढाउँदैमा डोली चढी जान्न आमा

January 19, 2022
January 19, 2022

Prakriti Chaudhary
Ex-Student

Some People have pride in their country or Culture but my parents are my pride. They are the most precious possession of my life. My parents are special because they are the roots that support me at the base underground Though they are hidden underground my existence without them is impossible As there can be no present without the past similarly, I cannot have my being without my parents. It is their power that keeps my world stable. They earn work where would I be without their loving care? My life will come to a standstill without them They give me a place when I’m hurt! Their strength to face the challenges, dilemmas, loneliness & hard times our parents & grandparents shine in our dark world like rays of light great authors, leaders, scientists doctors, etc often had supportive parent’s the truth is our parents are the most indispensable part of our life They are the light of our otherwise dark world. At times I just wonder what my life Would be without me They not only brought me to this world but also ensured each & every need of mine be fulfilled & taken care of they provided for my education They installed in me the value & strong characters our parents are the living God ! we must respect them & love them for their invaluable light of love & wisdom in our life.
So, A lot of sacrifices are made by our parents in order to give us the life we have a proud part of our villages our parents are living god.

January 19, 2022
January 19, 2022

शीला पाठक
पूर्व विद्यार्थी

संसारका हर मानिसहरू स्वतन्त्र र सुरक्षित भएर बाच्न चाहन्छन् । उनीहरू सुरक्षित हुनको लागि उनीहरूलाई मानव अधिकारको आवश्यक पर्दछ । यसरी नै बालबालिका सुरक्षित हुनको लागि बाल अधिकारको आवश्यक पर्छ । बालबालिका भनेका सामान्यतय, साना उमेरका केटाकेटी र बालअधिकार भन्नाले बालबालिकाले पाउनुपर्ने अधिकार भन्ने बुझिन्छ । नेपालको कानुनमा बाल अधिकारलाई भाग ३ धारा ३९ मा समावेश गरिएको छ र बालअधिकारलाई चार भागमा विभाजन गरिएको छ। बालबालिका बाँच्न पाउनु पर्ने अधिकारड्ड बालबालिकाले संरक्षण हुन पाउनु पर्ने अधिकारड्ड बालबालिकाहरू सहभागिता हुन पाउनु पर्ने अधिकार (शिक्षा, स्वास्थ्य सबै यसैभित्र पर्दछन् ) बालबालिका भनेका भोलिका कर्णधार हुन । भोलिका डाक्टर, पाइलट, इन्जिनियर आजका बालबालिका हुन । बाल अधिकारले उनीहरूको मानसिक र शारीरिक विकासमा निकै महइभ्वपूर्ण भूमिका खेलेको हुन्छ । बालबालिकाले गर्ने सबै काम बालश्रम हुन्छन्भ न्ने हुँदैन उनीहरूलाई लगाइने गैर कानुनी काम र नकरात्मक काम नै बालश्रम हो । नेपालको हरेक स्थानीय निकायले हरेक वर्ष १० प्रतिशत बजेट बालबालिकाको लागि भनेर छुट्टाएको हुन्छ । के यो पूर्ण रूपमा कार्यान्वयनमा आएको छ त ? मलाई लाग्छ यो पक्कै पूर्ण रूपमा कार्यान्वयनमा छैन किनभने यदि कार्यान्वयन भएको भए नेपालमा १६ लाख बालबालिका बाल अधिकार बाट वञ्चित हुनुपर्ने थिएनन् । उदाहरणको लागि हामीले हेर्न सक्छौँ, अस्तिभर्खर विरगञ्जमा मुस्कान खातुनलाई उनले प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एसिड प्रहार गरियो । के उनले आफ्नो प्रेम प्रस्ताव स्वीकार गर्न पाउने र नपाउने उनको हकभित्र पर्दैन र ? अनि त्योभन्दा अगाडि हामीले हेर्न सक्छौँ । निर्मला पन्तलाई बलात्कार गरेर हत्या भएको खबर त ताजा छदैँछ । यसरी बालअधिकारकोभित्र भित्र हनन् भइरहेको छ र यस्ता बदमासहरूलाई नेपाल सरकारले कडाभन्दा कडा कानुन बनाएर सजाएँ नदिएसम्म बालबालिकाहरू भित्रभित्र कुजिएर बस्न बाध्य छन् र उनीहरूले बालअधिकारको महसुस गर्न पाएका छैनन् । बालबालिका भनेका कोपिला हुन् उनीहरूलाई फक्रन नदिइ ओइलाउन दिनु हुँदैन । आज कलम समात्ने ती कलिला हातहरू धारिला हतियार समात्न वाध्य छन् र सिर्जनशील डोरा पहिल्याउनु पर्ने गोडा होटेलका कुनामा कुहिएका छन् । त्यसैले अब बालबालिकालाई बालश्रममा होइन विद्यालय पठाऔँ ।
आजको नयाँ नेपाललाई बालबालिकाको खाँचो छ र बालबालिकालाई बालअधिकारको खाँचो छ त्यसैले अब सबै बालबालिकाहरूलाई उनीहरूको अधिकार दिलाउन हामी सबै लाग्नुपर्छ । अन्त्यमा म गौतम बुद्धले भनेको भनाइ भन्न चाहन्छु उनले भनेका थिए । कुनै पनि मानिसलाई एउटा फुल मनपर्छ भने त्यो मानिसले फुल चुडालेर शिरमा राख्न सक्छ तर त्यही मानिसले त्यो फुल माया गर्छ भने सधैँ गएर त्यो फुलमा पानी हाल्छ, त्यसैले आजका बालबालिकाहरूलाई मन पराउने होइन माया गर्न सिकौँ । (बालअधिकार शीर्षकमा माडी अन्तर मा.वि. स्तरीय वक्तृता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल)

January 19, 2022

सक्षम बराल
पूर्व विद्यार्थी

२०६७ साल बैशाख ६ गते, मेरो स्कुलको पहिलो दिन सारा वातावरण, परिवेश र अवस्था नै अनौठो । स्कुललाई हाम्रोभन्दा पनि मेरो भनेर सम्बोधन गर्दा स्कुलप्रतिको आफ्नोपनाको भावना अझ बढेर जाग्छ र अझ मनको आँखामा कृतज्ञताको भावना जागृत हुन्छ । त्यतिबेला म कक्षा १ मा यहाँ भर्ना भएको थिएँ । पिसल्याण्ड इङ्लीस सेकेण्डरी स्कुलबाट यु.के.जी. पढी कक्षा १ मा भर्ना भएँ । एक दशक नै भएछ, मेरो यो दोस्रो परिवारको सदस्य बनेको कक्षा १ मा थिएँ, सानासाना हातमा किताव, कापी र पेन्सिल लिदैँ काँधमा झोलका साथ यस स्कुल र भविष्यको जिम्मेवार बोकेको । रोल नं १ भन्दा ‘प्रिजेन्ट सर÷म्याम’ भनेको अवस्था एकचोटी बाहेक सधैँ कायम रही आएको छ । यस विद्यालयमा मेरो यात्रा अब सुरु हुन्छ ।

स्कुलको पहिलो दिनमा, यस विद्यालयको शिक्षक अर्थात मेरो बुबाले खुवाउनु भएको लड्डुको स्वाद साँचै नै त्यतिबेलाभन्दा अहिले गुलियो लाग्न थालेको छ, मलाई मात्रै हो कि ती ३०० विद्यार्थीहरूलाई त्यो चाँही मलाई थाहा छैन । सानो वातावरणमा सिमित खरले छाएको केही कोठासहित अन्य कोठाहरूको बिचमा सानो चौर थियो । सोमेश्वर सार्वजनिक शैक्षिक गुठिद्वारा स्थापित मेरो विद्यालयमा कक्षा ५सम्म मात्र पढाइ हुँदा म कक्षा १ मा थिएँ । २ वटा सेक्सनमा ‘ए सेक्सन’मा रही मनिटर को जिम्मा पाएको थिएँ । यसैगरी कक्षा २ मा कम्प्युटर विज्ञान शिक्षा अन्तर्गत कम्प्युटर चलाउन÷सिक्न पाँउदा त सारै हर्षित थिएँ । मसहित सबै साथीहरू । कक्षा २ र ३ मा खरको छानाले छाएको कक्षाकोठामा पढ्थ्यौ हामी, त्यसैले भावनात्मक र मानसिक रूपमा कक्षा २ र ३ बिच भिन्नता नभए जस्तो लाग्थ्यो । खरले छाएको छानाबाट वर्षातमा पानी चुहिन्थ्यो, माटोको भुँई चुहिएको र बाहिरको पानीले हिलाम्य बनाइदिन्थ्यो, तर पनि पानी थाप्ने भाँडा राखी त्यहाँ हामी पढिन्थ्यो । अलिअलि दुःख थियो, तर त्यसैमा अति धेरै खुसी पनि थियो । टिफिन टाइममा साथीहरूसँग खेलिने लखटी, चिप्लेटी, पिङ, चुङ्गी आदिले मेरो दोस्रो परिवारमा हुने रमाइलोको झझल्को दिइरहेको छ । त्यतिबेलादेखि नै म भलिबल,  टेबलटेनिस, क्रिकेट खेल्न सुरु गरेको थिएँ । शिक्षकहरूको साथ र प्रेरणाले यहाँसम्म आएजस्तो लाग्छ । सानोमा अलिअलि चकचके र चञ्चले स्वभावको थिएँ, त्यसैले होला सबैको प्यारो भएको । विद्यालयमा पनि उही स्नेह माया, रमाइलो पल र खुसीले वितेका ती दिनहरू, जहाँ कक्षा ४ मा पढ्दा परीक्षा सकिएपछि मैले ढोकामा लेखेको Leaning Tower नामक शब्द हेर्दा अहिले पनि आँखामा ती दृष्यहरू झलझली आँउछन् । साथीहरूसँग पढिन्थ्यो, रमाइलो गरिन्थ्यो, अलिअलि झगडा पनि गरिन्थ्यो, तर एकैछिनमा मिलिन्थ्यो । विद्यालयकै साथ र सहयोगमा माडी स्तरीय शिक्षाको महइभ्व’ विषयगत वक्तृत्वकला प्रतियोगितामा प्रथम भएको पनि त्यही समय थियो, जब म कक्षा ४ मा पढ्थे, जीवनमै पहिलो पटकको समय थियो त्यो । कक्षा ५ मा आएपछि मेरो विज्ञान प्रतिको रुचि बढ्यो । इलेक्ट्रीक मोटर खेलाउनबाट सुरु भएका ती दिन, मेरो जग तथा मुहानको समय थियो । त्यतिबेला हाइड्रोलिक एक्साभेटर अर्थात डोजर बनाएर माडीको विज्ञान प्रदर्शनीमा प्रथम भएको समय र त्यतिबेलाको एक दुर्लभ फोटो अझ पनि मेरो फेसबुक वाल मा रहिरहेको छ । त्यसपछि कक्षा ६ मा आँउदा २ वटा सेक्सनको एकता भयो । त्यतिबेला विद्यालयमा नयाँ भवन बनिरहेको थियो । ६ कक्षामै हामी नयाँ भवनमा आयौँ, जहाँ अहिले १० कक्षामा पनि त्यही छौँ, हामी ५ वर्षदेखि । कक्षा ६ मा पढ्दा खिचेको ग्रुप फोटो मेरो एल्बम साथै विद्यालयको कार्यालयको भित्तामा अहिले पनि रहिरहेको छ “Memory of Class Six 2072भनेर लेखेको ।

म विज्ञान, खेलकुद, वक्तृत्व र नेतृत्वमा धेरै रुची राख्थे । त्यति बेलादेखि विज्ञानमा विभिन्न सामग्रीहरूको प्रयोग गर्थें, कुनैकुनै बेला उल्टो प्रयोग पनि गर्दो रहेछु । कक्षा ७ मा आँउदा विद्यालयमा कक्षा ९ सम्म खुलेको थियो । त्यतिबेला अर्को वर्ष डि.एल.इ. मा माडी प्रथम हुन सफल भएँ, जुनबेला मेरो त्यतिबेला सम्मको सर्वखुसी र सफलता महसुस गरे को थिएँ । विद्यालयको इज्जत साथै सबैको बधाई र खुसीको भावनाले मन मोहित र हर्षित भएको थियो । त्यसैगरी कक्षा ८ मै पढ्दा असोजमा एउटा विज्ञानको प्रयोगमा १०० वाटको सोलार ब्याट्री आँखा नजिकै पड्कदा त त्यो क्षणले पलपल याद दिलाउँछ, ठुलो अनिष्टबाट बचेको समय थियो । मेरो जीवनमा आउने यस्ता दुर्घटनाहरूलाई सिकाइको स्रोत बनाउदैँ अघि बढ्छु त्यसै भएर होला यस्ता दुर्घटनाहरूको मलाई कुनै पछुतो हुँदैन । मेरो जीवनको सफलताको स्रोतको रूपमा मेरो विद्यालयलाई म उच्च स्थानमा राख्छु । खरको छानामुनि पढेको त्यो समय परिणत भएर अहिले पक्की भवनमा जिप्सन, पङ्खा र क्यामराको मुनी बस्दा त साँच्चै विद्यालयको सम्मानीय प्रगति र विकासले शिखर छोएको मनदेखि नै स्मरण हुन्छ ।

२०७५ सालमा मेरो विद्यालय साथै २ विद्यालयले हामीको सम्बन्ध गाँसेपछि अझ म साथै यहाँका विद्यार्थीहरूलाई उर्जा प्राप्त गरेको महसुस हुन्छ । सोमेश्वर सार्वजनिक शैक्षिक गुठीद्वारा स्थापित यस विद्यालय अन्य २ विद्यालयसँग एकीकृत भएर “दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा” नाम भएपछि सरकारी दर्जा तथा सेवा सुविधा प्राप्त गर्दा अझ विद्यालयको विकासमा टेवा पुगेको छ । १० वर्षको यो लामो यात्रा मेरो जीवनकोअविस्मरणीय समय रहेको छ । विद्यालयप्रतिको भावना शब्दमा बयान गर्दा नपुगे तापनि यी शब्दहरूबाट अनगिन्ति मनोभाव जागृत हुन्छन् । कति भनूँ र कति लेखूँ मेरो विद्यालयको बारेमा शब्दहरू नै निपूर्ण छन् ।

म सधैँभरि मेरो विद्यालयलाई उच्च स्थानमा राख्दछु । २०७५ साल, जब म ९ कक्षामा थिए, मेरो चार वर्षको हवाइजहाज बनाउने सपना विद्यालयको आर्थिक सहयोगबाट पूरा भयो । र त्यसको परीक्षण पनि सफल भयो । यस गरिमामय योगदानले गर्दा मेरा व्यक्तिगत सपना पनि पूरा हुनाका साथै मैले जीवनमा सफलता हासिल गर्ने तथा विद्यालयको इज्जत स्तरोन्नति गर्ने मौका पाएको छु । हामीले विद्यालयकै सहयोगमा वार्षिकोत्सवमा वृहत विज्ञान प्रदर्शनी गरेका थियौ । विद्यालयकै मध्यस्थतामा विज्ञानको लागि नगर पालिकाबाट आर्थिक सहयोग पनि भएको थियो । मेरो जीवनमा सफलताको उर्जा सिर्जना गर्न मेरो विद्यालय साथै माडी नगरपालिकालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । माया गर्ने पूmललाई जसरी गोडमेल गरेर सुगन्ध फैलाउन बनाइन्छ, त्यसैगरी हृदय देखिकै प्रेम गर्ने यस विद्यालयको हित गरी सकारात्मक प्रभाव चौ तर्फी फैलाउने नै मेरो कर्तव्य रहन्छ । विभिन्न अन्तर विद्यालय कार्यक्रमहरू तथा नवकार्य र सफलताले विद्यालयको इज्जत, गौरव र गरिमा चरम विन्दुमा पु¥याउने म मेरो जिम्मेवारी ठान्दछु । जसरी डि.एल.इ.मा माडी प्रथम भएँ, त्यसरी नै अबको एस.इ.इ. मा सर्वोत्कृष्ट नतिजासहित विद्यालयलाई उच्च स्थानमा पु¥याउने जिम्मेवार पूरा गर्न म तप्पर छु र दत्तचित्त भई लागि परेको छु । नगरपालिकाको भरोसा, विद्यालयको भरोसा, परिवारको भरोसा, आशा राख्छु, मेरो कर्मद्वारा अवश्य पूरा हुनेछ ।

म यस विद्यालयको एक विद्यार्थी, हाल कक्षा १० मा अध्ययनरत छु । दस वर्षको यो लामो यात्रामा विद्यालयप्रति मैले धेरै अनुभव भोगेको छु र मेरो अनुभवको केही अंश माथि लेखिसकेको छु । म एक विद्यार्थी सारा विद्यार्थीहरको नेतृत्व गर्दै एक संस्मरण लेखेको छु । जसरी विद्यालयले विद्यार्थीलाई देशको लागि तयार गर्दिन्छ, सारा विद्यार्थीहरू शैक्षिक विकासको लागि एक जुट भएमा देशमा अवश्य शै क्षिक क्रान्ति आउनेछ र शैक्षिक गुणस्तरमा सकारात्मक छाप लाउनेछ ।

“सुरुवात गरौं त आफैबाट”

January 19, 2022

कृतिका लामिछाने
कक्षाः ८

रमणीय गाउँ हाम्रो चारैतिर हरियाली
नम्र सबै साथी सधै्रँ हुन्छ खुसीयाली
बिचमा बाटो छेउमा घर मिलेका छन् बस्ती
चोट पस्न थाल्यो भने गाउँले गर्छन गस्ती
सरल छन व्यवहार राम्रा गर्छन कुरा
विवादलाई केलाएर सत्य पार्छन पूरा
झगडा गर्छन कहीलेकाही गल्ती गरे देखि
भलाद्मीले न्याय दिलाई झार्ने गर्छन सेखी
शिर शिर हावा चल्दा बिरुवा झुलिरहन्छ ।
प्रशन्न भई भमरा फूलमा डुलीरहन्छ ।
फक्रिएको फूल राम्रो सधै हाँसीरहे जस्तो
प्रकृतिमा रमाउदा मन हुन्छ कस्तो कस्तो

January 19, 2022
January 19, 2022

लक्ष्मी दुलाल
कक्षाः १०

संसारको सबैभन्दा ठुलो चिज हुन् आमा
मूल्य बिहिन छन् आमाका अगाडि सुन, चादिका गहना
नौ नौ महिना गर्भमा राखिन् भुलेर सबै चिन्ता र पिडा
कति गाह्रो भयो होला बिचरा आमालाई कोखमा मै
ले कष्ट दिदैं
गाह्रो हुन्छ आमालाई जन्माएपछि हुर्काउन
सक्दैनन् मलाई कसैले आमाको अगाडि रूवाउन
आमा मेरो सबैभन्दा ठुलो भगवान् हुन
मलाई तिमीले लगाएको बिर्सने छैन गुन
आमा मेरो नभएको बच्चालाई टुहुरा भनी हेप्ने गर्छन
स्याहार नपाउँदा आमाको उनीहरू यसै मर्छन्
हेप्न हुन्न त्यस्तालाई माया सँधै गर्नुपर्छ
सहयोग गर्न उनीह्ररुको लागि अधि बढ्नुपर्छ
मान्नुपर्छ हामीले आमाले भनेका कुरा
वचन फर्काई घोच्नु हुन्न आमाको मनमा छुरा
सँधै बोल्न सिकाउँछिन् आमाले नम्र र शिष्ट भाषा
हामीलाई असल र सफल बनाउने गर्छिन् सँधै आमा