Loading...
Hi, How Can We Help You?

Author Archives: Jivan Chapagain

January 19, 2022
January 19, 2022

लक्ष्मी दुलाल
कक्षाः १०

संसारको सबैभन्दा ठुलो चिज हुन् आमा
मूल्य बिहिन छन् आमाका अगाडि सुन, चादिका गहना
नौ नौ महिना गर्भमा राखिन् भुलेर सबै चिन्ता र पिडा
कति गाह्रो भयो होला बिचरा आमालाई कोखमा मै
ले कष्ट दिदैं
गाह्रो हुन्छ आमालाई जन्माएपछि हुर्काउन
सक्दैनन् मलाई कसैले आमाको अगाडि रूवाउन
आमा मेरो सबैभन्दा ठुलो भगवान् हुन
मलाई तिमीले लगाएको बिर्सने छैन गुन
आमा मेरो नभएको बच्चालाई टुहुरा भनी हेप्ने गर्छन
स्याहार नपाउँदा आमाको उनीहरू यसै मर्छन्
हेप्न हुन्न त्यस्तालाई माया सँधै गर्नुपर्छ
सहयोग गर्न उनीह्ररुको लागि अधि बढ्नुपर्छ
मान्नुपर्छ हामीले आमाले भनेका कुरा
वचन फर्काई घोच्नु हुन्न आमाको मनमा छुरा
सँधै बोल्न सिकाउँछिन् आमाले नम्र र शिष्ट भाषा
हामीलाई असल र सफल बनाउने गर्छिन् सँधै आमा

January 19, 2022
January 19, 2022

Arju Khadka
Class: 9

Teachers are those who make our future bright
and they are the ones who show the path of right.
No matter how strict they are
We should respect and honor them as they are.
They are the ones who give us knowledge
We will miss them a lot when we go to college.
With a lot of love in my heart.
I respect them as god.

January 19, 2022
January 19, 2022

 

करुणा काफ्ले
कक्षाः ७

बोल्न पनि मन लाग्छ ।
हाँस्न पनि मन छ ।
जस्तो बाधा आए पनि हाम्रो सङ्घर्स मै
लडनु पर्छ सङ्घर्स मै लडनु पर्छ ।।
आज म अरूलाई रुवाएर
हाँसेकी छु भने (साच्चै )
भन्न देऊन भगवान त्यो आसुको
महइभ्व कस्ले बुझिदिन्छ ।
रुनलाई बेर लाग्दैन ।
हाँस्न बस्न बेर लाग्छ ।

January 19, 2022

भूमिका अर्याल
कक्षाः 10

‘जीवन’ तीनवटा अक्षर मिली बनेको एउटा सानो शब्द भएपनि अर्थ भने निकै गहिरो छ । जीवन एक रहस्य हो । पलभरमा के हुन्छ पत्तै नपाइदो रहेछ । क्षणमा खुसी र केही क्षणमा दुःखको कालो बादलले आफूलाई घेर्दो रहेछ । जीवन सुख र दुख, हाँसो र आँसु, जित र हार, उज्यालो र अन्धकारको सम्मिश्रण हो ।
यही त हो जसले मानव जीवनलाई अझै सिगाँदर्छ र हरेक खुड्किलामा यसले एउटा नयाँ पाठ सिकाउँछ । मानिसहरू एउटा सानो दुःख आइपरेमा पनि हरेस खान्छन् र जीवनलाई धिक्कार्छन तर मेरो विचारमा त्यसो गर्नु भनेको सृष्टिकर्ताको चित्त दुखाउनु हो । सृष्टिकर्तालाई चोट पु¥याउनु हो । दुःख–सुखमा रुदै भिड्दै, जीवनको हरेक पाइलमा नयाँ नयाँ कुरहरू सिक्दै ओठमा मीठो मुस्कान लिएर हौसला, आस र जाँगरपूर्वक आउने दिनहरूलाई चुनौतीको रूपमा लिएर आत्मविश्वासका साथ अघि सर्ने मानिस नै सही रूपमा मानव कहलिन्छ ।

जसले जीवनको हरेक समय चाहे त्यो सुखले भरिएको होस चाहे दुखले, एकपछि अर्को त अवश्य आँउछ, र सुख र दुख दुवै क्षणिक हुन् । यी मध्ये कुनै पनि सदाका लागि रहँदैनन्, एकपछि अकोर्त आउने छ र यो नै ब्रहमण्डको नियम हो । यो नै संसारको प्रक्रिया हो भन्ने जीवनको वास्तविकतालाई जसले बुझेको हुन्छ केवल त्यो मानव मात्रै जीवनमा सदा हाँसिरहन्छ । त्यसैगरी मानव जीवनका केही तीता सत्यहरू मध्ये मिलन र बिछोड पनि हुन्छ । मैले यस भौतिक संसारमा थुप्रै मानिसहरू यस्तो पनि देखेँ जसले बिछोडको वियोग सहन नसकेर देह त्यागेका छन् । मिलन र बिछोड यस मानव जीवनको एउटा भाग हो जुन सत्यलाई चाहेर पनि कसै ले नकार्न सक्दैन तर बिछोड पछि मिलन यो जीवनको आशा हो, जुन आशामा आजसम्म मानिसहरू जिउँदै छन् । बिछोड भन्नोले केवल टाढिनु मात्र होइन तर सदाका लागि यस पृथ्वीलाई छोडेर जानु, यो पनि बिछोड हो । बिछोडको वियोग खप्न अत्यन्तै कठिन भएतापनि रोएर, कराएर, साथ रहँदा रहँदै पनि पल पल हरक्षण मरेर आखिरमा के हासिल हुन्छ ? फरक त केवल कसैको ढिलो कसैको चाँडो जेनै भए पनि अन्तत जानु त त्यहीँ छ । काल आउनुभन्दा नै पहिले नै आफूलाई मारेर के पाइन्छ र ? जिउँदै आफूलाई गाड्नु र आफैले आफैलाई मुत्युको मुखमा धकेल्नु बेकार हो । हाम्रा आँखाबाट बगेका आँसुका धाराले के गइसकेको मान्छे फर्केर आँउछ ? अवश्य आउँदैन, न
त हामीले बगाएका आँसुलाई चिन्तामा जलेर खरानी भएकालाई बुझाँउछ ।

पृथ्वीमा मान्छे सँधै एक्लो हुन्छ, सधैँ हराइरहेको हुन्छ र सधैँ खतरामा हुन्छ । कोही पनि अमर छैन एक न एक दिन सबै लाई जानै छ । हामी यस संसारमा एक्लै आएका थियौँ र एक्लै यस संसारलाई छोडेर जान्छौँ । जन्म लिएपछि जब हामी हुर्किदै जान्छौ तब हामी थुप्रै मानिसहरू माझ घेरिन्छौं । हाम्रो जीवनमा हाम्रो वरिपरि रहने मानिसहरू हुन । हाम्रो हरेक पाइलमा हामीसँग कदममा कदम जीवन र मृत्यु मिलाएर हिड्ने, हाम्रो दुख, सुख, हाँसो र आँसुमा सधैँ साथ हुने, हरपल, हरक्षण हामीसँग रहने कोही होला त ? अवश्य पनि कोही छ र त्यो भगवान हुन् । हामीले  गरेका कुकर्म, सुकर्म सबै भगवानलाई थाहा हुन्छ । मैले जीवनमा जबजब श्वास लिएँ तब तब भगवानलाई अनुभव गरेकी छु । जीवनमा सधैँ स्वार्थी भएर आफ्नो लागि मात्र नसोची कहिले काँही अरूका लागि पनि सोच्ने गरौँ । कसैको सेवा गरेर कति आनन्द प्राप्त हुन्छ भन्ने कुरा केवल सेवकले मात्र महसुस गरेको हुन्छ । ‘मानव से वा नै धर्म हो’ अर्थात मानवको सेवा गर्नु भनेकै इश्वर को सेवा गर्नु हो । यसर्थ जीवनमा सधैँ मुस्कुराउँदै बाधा, व्यावधानहरू पार गर्दै, जीवनको हरेक पलमा जिउन सिकौँ । हरक्षण हरघडी, हरपल जिन्दगी जिऔँ किनभने जीवन निकै छोटो र छोटो छ र जुन मानवले जीवनको तीतो सत्यहरू र पचाउन गाह्रो पार्ने वास्तविकतालाई अपनाउँदै, सुख र दुखसँग लड्दै, भिड्दै अघि बढ्ने मान्छेले मात्र मानव हुनुको सार्थकता झल्काउँछ र आफ्नो मृत्युमा अर्थात यस अनित्य संसारलाई ओठमा मन्द मुस्कान लिएर विदा गर्ने छ । त्यसैले भनिन्छ नि
परिवर्तन नै प्रकृतिको नियम हो ।’

January 9, 2022


 

There will be the practical exam of Computer Science on the date 2078-09-26 of grade 8 students.

We request all the students to be in school at 10:00 am sharp.

Exam Invigilators: Jivan Chapagain, Milan Paneru

 

June 23, 2021
June 23, 2021

अन्जना पौडेल

कक्षा: १०

हिन्दुको ठुलो देवता, भगवान राम हुन्
संसारको ठुलो मान्छे, केवल एउटी आमा हुन् ।

नौ महिना दुःखमा बसिन्, गर्भमा आफ्नो रखेर
सहन नसकिने पिडा सहिन्, प्राण आफ्नो मानेर ।

कस्तो रहेछ संसार भनी, यी आमाले देखाइन्,
खुसीको यो दिन भनी, भोज भतेर खुवाइन् ।

हात मेरो समाएर, ताते हिड्न सिकाइन्,
आमाले नै पहिलो शब्द, आमा भन्न सिकाइन् ।

मलाई गाह्रो पर्दा, आमाले पिडा पाइन्,
मलाई केही भएमा, आमा आफै रोइन् ।

मेरी छोरी राम्री भन्दै, सबैलाई भन्थिन्,
मलाई कसैले गाली गर्दा, आमा उनीसँग लड्थिन् ।

स्कुल जाने बेलमा, स्कुल पनि पठाइन्,
मैले गृहकार्य नगरेमा, गाली गर्दै हात समाइन् ।

मलाई खाना खुवाउथिन्, आफू नखाइ नखाई
दुःख आफ्नो लुकाइ राख्थिन्, कसैलाई नदेखाई नदेखाई ।

घरको सबै काम गर्थिन्, खाजा पनि खुवाइउथिन्, गल्ती गर्दा सम्झाएर, राम्रो कुरा सिकउथिन् ।
धेरै माय पाए, मैले आमाबाट नै सबैको यो सलाम छ है, (आमाहरूलाई)

June 23, 2021
June 23, 2021

रिजन पौडेल
कक्षा : ३

श्रीमान् : ए बुढी, आज बाहिर खाना खाने है ।
श्रीमती : ए हो र, ल म कपडा लगाएर आइहाल्छु है ।
चिटिक्क परेर जानु प¥यो नी ।
श्रीमान् : ए ल ल, म बाहिर गुन्द्रि ओछ्याउदै गर्छु ।

June 23, 2021
June 23, 2021

समिर वि.क.
कक्षा :-७

सानो थिएँ तोते बोल्थेँ
विद्यालय आउ्रँदा
धेरै कुरा सिके मैले
यहाँ पढ्न पाउँदा

सानैदेखि राम्रो बानी
गर्नु पर्छ सुरु ।

सबैसँग मिठो बाल
भन्नुहुन्छ गुरु ।

ज्ञानी भई स्कुल र घरमा
हामी पढौ
आआफ्नो काम गर्नलाई
अ्रल्छी नगरौँ

पढी लेखि ठुलो मान्छे
बन्ने हाम्रो काम
आज भए पनि
कमाउनेछौँ नाम

बाबा आमा गुरुलाई
आदर गर्नु पर्छ ।
साथी भाइ सबैसँग
मिली बस्नु पर्छ ।

आजैदेखि राम्रो गरी
अधि बढ्नु पर्छ ।
पछि हामी असल मानिस
बन्नसक्नु पर्छ ।।