Loading...
Hi, How Can We Help You?

Blog

January 19, 2022

विद्यालयमा मेरो यात्रा

सक्षम बराल
पूर्व विद्यार्थी

२०६७ साल बैशाख ६ गते, मेरो स्कुलको पहिलो दिन सारा वातावरण, परिवेश र अवस्था नै अनौठो । स्कुललाई हाम्रोभन्दा पनि मेरो भनेर सम्बोधन गर्दा स्कुलप्रतिको आफ्नोपनाको भावना अझ बढेर जाग्छ र अझ मनको आँखामा कृतज्ञताको भावना जागृत हुन्छ । त्यतिबेला म कक्षा १ मा यहाँ भर्ना भएको थिएँ । पिसल्याण्ड इङ्लीस सेकेण्डरी स्कुलबाट यु.के.जी. पढी कक्षा १ मा भर्ना भएँ । एक दशक नै भएछ, मेरो यो दोस्रो परिवारको सदस्य बनेको कक्षा १ मा थिएँ, सानासाना हातमा किताव, कापी र पेन्सिल लिदैँ काँधमा झोलका साथ यस स्कुल र भविष्यको जिम्मेवार बोकेको । रोल नं १ भन्दा ‘प्रिजेन्ट सर÷म्याम’ भनेको अवस्था एकचोटी बाहेक सधैँ कायम रही आएको छ । यस विद्यालयमा मेरो यात्रा अब सुरु हुन्छ ।

स्कुलको पहिलो दिनमा, यस विद्यालयको शिक्षक अर्थात मेरो बुबाले खुवाउनु भएको लड्डुको स्वाद साँचै नै त्यतिबेलाभन्दा अहिले गुलियो लाग्न थालेको छ, मलाई मात्रै हो कि ती ३०० विद्यार्थीहरूलाई त्यो चाँही मलाई थाहा छैन । सानो वातावरणमा सिमित खरले छाएको केही कोठासहित अन्य कोठाहरूको बिचमा सानो चौर थियो । सोमेश्वर सार्वजनिक शैक्षिक गुठिद्वारा स्थापित मेरो विद्यालयमा कक्षा ५सम्म मात्र पढाइ हुँदा म कक्षा १ मा थिएँ । २ वटा सेक्सनमा ‘ए सेक्सन’मा रही मनिटर को जिम्मा पाएको थिएँ । यसैगरी कक्षा २ मा कम्प्युटर विज्ञान शिक्षा अन्तर्गत कम्प्युटर चलाउन÷सिक्न पाँउदा त सारै हर्षित थिएँ । मसहित सबै साथीहरू । कक्षा २ र ३ मा खरको छानाले छाएको कक्षाकोठामा पढ्थ्यौ हामी, त्यसैले भावनात्मक र मानसिक रूपमा कक्षा २ र ३ बिच भिन्नता नभए जस्तो लाग्थ्यो । खरले छाएको छानाबाट वर्षातमा पानी चुहिन्थ्यो, माटोको भुँई चुहिएको र बाहिरको पानीले हिलाम्य बनाइदिन्थ्यो, तर पनि पानी थाप्ने भाँडा राखी त्यहाँ हामी पढिन्थ्यो । अलिअलि दुःख थियो, तर त्यसैमा अति धेरै खुसी पनि थियो । टिफिन टाइममा साथीहरूसँग खेलिने लखटी, चिप्लेटी, पिङ, चुङ्गी आदिले मेरो दोस्रो परिवारमा हुने रमाइलोको झझल्को दिइरहेको छ । त्यतिबेलादेखि नै म भलिबल,  टेबलटेनिस, क्रिकेट खेल्न सुरु गरेको थिएँ । शिक्षकहरूको साथ र प्रेरणाले यहाँसम्म आएजस्तो लाग्छ । सानोमा अलिअलि चकचके र चञ्चले स्वभावको थिएँ, त्यसैले होला सबैको प्यारो भएको । विद्यालयमा पनि उही स्नेह माया, रमाइलो पल र खुसीले वितेका ती दिनहरू, जहाँ कक्षा ४ मा पढ्दा परीक्षा सकिएपछि मैले ढोकामा लेखेको Leaning Tower नामक शब्द हेर्दा अहिले पनि आँखामा ती दृष्यहरू झलझली आँउछन् । साथीहरूसँग पढिन्थ्यो, रमाइलो गरिन्थ्यो, अलिअलि झगडा पनि गरिन्थ्यो, तर एकैछिनमा मिलिन्थ्यो । विद्यालयकै साथ र सहयोगमा माडी स्तरीय शिक्षाको महइभ्व’ विषयगत वक्तृत्वकला प्रतियोगितामा प्रथम भएको पनि त्यही समय थियो, जब म कक्षा ४ मा पढ्थे, जीवनमै पहिलो पटकको समय थियो त्यो । कक्षा ५ मा आएपछि मेरो विज्ञान प्रतिको रुचि बढ्यो । इलेक्ट्रीक मोटर खेलाउनबाट सुरु भएका ती दिन, मेरो जग तथा मुहानको समय थियो । त्यतिबेला हाइड्रोलिक एक्साभेटर अर्थात डोजर बनाएर माडीको विज्ञान प्रदर्शनीमा प्रथम भएको समय र त्यतिबेलाको एक दुर्लभ फोटो अझ पनि मेरो फेसबुक वाल मा रहिरहेको छ । त्यसपछि कक्षा ६ मा आँउदा २ वटा सेक्सनको एकता भयो । त्यतिबेला विद्यालयमा नयाँ भवन बनिरहेको थियो । ६ कक्षामै हामी नयाँ भवनमा आयौँ, जहाँ अहिले १० कक्षामा पनि त्यही छौँ, हामी ५ वर्षदेखि । कक्षा ६ मा पढ्दा खिचेको ग्रुप फोटो मेरो एल्बम साथै विद्यालयको कार्यालयको भित्तामा अहिले पनि रहिरहेको छ “Memory of Class Six 2072भनेर लेखेको ।

म विज्ञान, खेलकुद, वक्तृत्व र नेतृत्वमा धेरै रुची राख्थे । त्यति बेलादेखि विज्ञानमा विभिन्न सामग्रीहरूको प्रयोग गर्थें, कुनैकुनै बेला उल्टो प्रयोग पनि गर्दो रहेछु । कक्षा ७ मा आँउदा विद्यालयमा कक्षा ९ सम्म खुलेको थियो । त्यतिबेला अर्को वर्ष डि.एल.इ. मा माडी प्रथम हुन सफल भएँ, जुनबेला मेरो त्यतिबेला सम्मको सर्वखुसी र सफलता महसुस गरे को थिएँ । विद्यालयको इज्जत साथै सबैको बधाई र खुसीको भावनाले मन मोहित र हर्षित भएको थियो । त्यसैगरी कक्षा ८ मै पढ्दा असोजमा एउटा विज्ञानको प्रयोगमा १०० वाटको सोलार ब्याट्री आँखा नजिकै पड्कदा त त्यो क्षणले पलपल याद दिलाउँछ, ठुलो अनिष्टबाट बचेको समय थियो । मेरो जीवनमा आउने यस्ता दुर्घटनाहरूलाई सिकाइको स्रोत बनाउदैँ अघि बढ्छु त्यसै भएर होला यस्ता दुर्घटनाहरूको मलाई कुनै पछुतो हुँदैन । मेरो जीवनको सफलताको स्रोतको रूपमा मेरो विद्यालयलाई म उच्च स्थानमा राख्छु । खरको छानामुनि पढेको त्यो समय परिणत भएर अहिले पक्की भवनमा जिप्सन, पङ्खा र क्यामराको मुनी बस्दा त साँच्चै विद्यालयको सम्मानीय प्रगति र विकासले शिखर छोएको मनदेखि नै स्मरण हुन्छ ।

२०७५ सालमा मेरो विद्यालय साथै २ विद्यालयले हामीको सम्बन्ध गाँसेपछि अझ म साथै यहाँका विद्यार्थीहरूलाई उर्जा प्राप्त गरेको महसुस हुन्छ । सोमेश्वर सार्वजनिक शैक्षिक गुठीद्वारा स्थापित यस विद्यालय अन्य २ विद्यालयसँग एकीकृत भएर “दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा” नाम भएपछि सरकारी दर्जा तथा सेवा सुविधा प्राप्त गर्दा अझ विद्यालयको विकासमा टेवा पुगेको छ । १० वर्षको यो लामो यात्रा मेरो जीवनकोअविस्मरणीय समय रहेको छ । विद्यालयप्रतिको भावना शब्दमा बयान गर्दा नपुगे तापनि यी शब्दहरूबाट अनगिन्ति मनोभाव जागृत हुन्छन् । कति भनूँ र कति लेखूँ मेरो विद्यालयको बारेमा शब्दहरू नै निपूर्ण छन् ।

म सधैँभरि मेरो विद्यालयलाई उच्च स्थानमा राख्दछु । २०७५ साल, जब म ९ कक्षामा थिए, मेरो चार वर्षको हवाइजहाज बनाउने सपना विद्यालयको आर्थिक सहयोगबाट पूरा भयो । र त्यसको परीक्षण पनि सफल भयो । यस गरिमामय योगदानले गर्दा मेरा व्यक्तिगत सपना पनि पूरा हुनाका साथै मैले जीवनमा सफलता हासिल गर्ने तथा विद्यालयको इज्जत स्तरोन्नति गर्ने मौका पाएको छु । हामीले विद्यालयकै सहयोगमा वार्षिकोत्सवमा वृहत विज्ञान प्रदर्शनी गरेका थियौ । विद्यालयकै मध्यस्थतामा विज्ञानको लागि नगर पालिकाबाट आर्थिक सहयोग पनि भएको थियो । मेरो जीवनमा सफलताको उर्जा सिर्जना गर्न मेरो विद्यालय साथै माडी नगरपालिकालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । माया गर्ने पूmललाई जसरी गोडमेल गरेर सुगन्ध फैलाउन बनाइन्छ, त्यसैगरी हृदय देखिकै प्रेम गर्ने यस विद्यालयको हित गरी सकारात्मक प्रभाव चौ तर्फी फैलाउने नै मेरो कर्तव्य रहन्छ । विभिन्न अन्तर विद्यालय कार्यक्रमहरू तथा नवकार्य र सफलताले विद्यालयको इज्जत, गौरव र गरिमा चरम विन्दुमा पु¥याउने म मेरो जिम्मेवारी ठान्दछु । जसरी डि.एल.इ.मा माडी प्रथम भएँ, त्यसरी नै अबको एस.इ.इ. मा सर्वोत्कृष्ट नतिजासहित विद्यालयलाई उच्च स्थानमा पु¥याउने जिम्मेवार पूरा गर्न म तप्पर छु र दत्तचित्त भई लागि परेको छु । नगरपालिकाको भरोसा, विद्यालयको भरोसा, परिवारको भरोसा, आशा राख्छु, मेरो कर्मद्वारा अवश्य पूरा हुनेछ ।

म यस विद्यालयको एक विद्यार्थी, हाल कक्षा १० मा अध्ययनरत छु । दस वर्षको यो लामो यात्रामा विद्यालयप्रति मैले धेरै अनुभव भोगेको छु र मेरो अनुभवको केही अंश माथि लेखिसकेको छु । म एक विद्यार्थी सारा विद्यार्थीहरको नेतृत्व गर्दै एक संस्मरण लेखेको छु । जसरी विद्यालयले विद्यार्थीलाई देशको लागि तयार गर्दिन्छ, सारा विद्यार्थीहरू शैक्षिक विकासको लागि एक जुट भएमा देशमा अवश्य शै क्षिक क्रान्ति आउनेछ र शैक्षिक गुणस्तरमा सकारात्मक छाप लाउनेछ ।

“सुरुवात गरौं त आफैबाट”

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*