Loading...
Hi, How Can We Help You?

Blog

January 24, 2022

मेरो जीवन

सूचना भट्टराई
कक्षाः ९

मैले आफ्नो मनभित्र भित्रै कति पिडा लुकाएको छु
त्यही पिडा देखाउन एउटा कविता लेखेको छु ।

यो मुटुको पिर कहिल्यै भाग्दैन,
आमाको यादले कहिल्यै छाड्दैन ।

किन मलाई भाग्यले रुवाउँछ,
लाग्छ मेरो आखामा आँसुनै सुवाउँछ ।

मनको पिडा मनमा नै रहन्छ,
आमा शब्द सुन्दैमा आँसु भरिन्छ ।

यो जीन्दगीको यात्रा खै कस्तो छ, थाहा छैन,
मायाको अर्थ बुझाउने यहाँ कोही छैन ।

दुखै दुखमा बाच्न दिक्क लागिसक्यो,
यो मुटु आमाको यादले टुक्री सक्यो ।

आमा तिमीले नै यो सुन्दर संसार देखाएयौ,
मलाई एक्लै बनाई आफू कता हराएयौ ।

थाकी सके अब म एक्लो जीन्दगीको यात्रा गर्दा,
कोही छैन साथ दिने यहाँ मलाई अप्ठ्यारो पर्दा ।

सबै दुःखलाई त्याग गर्न सकेको छैन मैले
आमाको याद अझै पनि आइरहन्छ जहिले ।

तिम्रै खाँचो छ आमा हाम्रो परिवारमा,
सबैका आमा छन्, आमा हाम्रो गाँउघरमा ।

आमाको याद अरूको साथ पढाइको पिर,
आशिर्वाद नै नभएको रित्तो छ मेरो शिर ।

धेरै पढेर मैले जीवनमा ल्याउनुछ चमत्कार,
अहिलेलाई यतिनै हस्त नमस्कार ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*