Loading...
Hi, How Can We Help You?

Blog

January 19, 2022

जीवन र मृत्यु

भूमिका अर्याल
कक्षाः 10

‘जीवन’ तीनवटा अक्षर मिली बनेको एउटा सानो शब्द भएपनि अर्थ भने निकै गहिरो छ । जीवन एक रहस्य हो । पलभरमा के हुन्छ पत्तै नपाइदो रहेछ । क्षणमा खुसी र केही क्षणमा दुःखको कालो बादलले आफूलाई घेर्दो रहेछ । जीवन सुख र दुख, हाँसो र आँसु, जित र हार, उज्यालो र अन्धकारको सम्मिश्रण हो ।
यही त हो जसले मानव जीवनलाई अझै सिगाँदर्छ र हरेक खुड्किलामा यसले एउटा नयाँ पाठ सिकाउँछ । मानिसहरू एउटा सानो दुःख आइपरेमा पनि हरेस खान्छन् र जीवनलाई धिक्कार्छन तर मेरो विचारमा त्यसो गर्नु भनेको सृष्टिकर्ताको चित्त दुखाउनु हो । सृष्टिकर्तालाई चोट पु¥याउनु हो । दुःख–सुखमा रुदै भिड्दै, जीवनको हरेक पाइलमा नयाँ नयाँ कुरहरू सिक्दै ओठमा मीठो मुस्कान लिएर हौसला, आस र जाँगरपूर्वक आउने दिनहरूलाई चुनौतीको रूपमा लिएर आत्मविश्वासका साथ अघि सर्ने मानिस नै सही रूपमा मानव कहलिन्छ ।

जसले जीवनको हरेक समय चाहे त्यो सुखले भरिएको होस चाहे दुखले, एकपछि अर्को त अवश्य आँउछ, र सुख र दुख दुवै क्षणिक हुन् । यी मध्ये कुनै पनि सदाका लागि रहँदैनन्, एकपछि अकोर्त आउने छ र यो नै ब्रहमण्डको नियम हो । यो नै संसारको प्रक्रिया हो भन्ने जीवनको वास्तविकतालाई जसले बुझेको हुन्छ केवल त्यो मानव मात्रै जीवनमा सदा हाँसिरहन्छ । त्यसैगरी मानव जीवनका केही तीता सत्यहरू मध्ये मिलन र बिछोड पनि हुन्छ । मैले यस भौतिक संसारमा थुप्रै मानिसहरू यस्तो पनि देखेँ जसले बिछोडको वियोग सहन नसकेर देह त्यागेका छन् । मिलन र बिछोड यस मानव जीवनको एउटा भाग हो जुन सत्यलाई चाहेर पनि कसै ले नकार्न सक्दैन तर बिछोड पछि मिलन यो जीवनको आशा हो, जुन आशामा आजसम्म मानिसहरू जिउँदै छन् । बिछोड भन्नोले केवल टाढिनु मात्र होइन तर सदाका लागि यस पृथ्वीलाई छोडेर जानु, यो पनि बिछोड हो । बिछोडको वियोग खप्न अत्यन्तै कठिन भएतापनि रोएर, कराएर, साथ रहँदा रहँदै पनि पल पल हरक्षण मरेर आखिरमा के हासिल हुन्छ ? फरक त केवल कसैको ढिलो कसैको चाँडो जेनै भए पनि अन्तत जानु त त्यहीँ छ । काल आउनुभन्दा नै पहिले नै आफूलाई मारेर के पाइन्छ र ? जिउँदै आफूलाई गाड्नु र आफैले आफैलाई मुत्युको मुखमा धकेल्नु बेकार हो । हाम्रा आँखाबाट बगेका आँसुका धाराले के गइसकेको मान्छे फर्केर आँउछ ? अवश्य आउँदैन, न
त हामीले बगाएका आँसुलाई चिन्तामा जलेर खरानी भएकालाई बुझाँउछ ।

पृथ्वीमा मान्छे सँधै एक्लो हुन्छ, सधैँ हराइरहेको हुन्छ र सधैँ खतरामा हुन्छ । कोही पनि अमर छैन एक न एक दिन सबै लाई जानै छ । हामी यस संसारमा एक्लै आएका थियौँ र एक्लै यस संसारलाई छोडेर जान्छौँ । जन्म लिएपछि जब हामी हुर्किदै जान्छौ तब हामी थुप्रै मानिसहरू माझ घेरिन्छौं । हाम्रो जीवनमा हाम्रो वरिपरि रहने मानिसहरू हुन । हाम्रो हरेक पाइलमा हामीसँग कदममा कदम जीवन र मृत्यु मिलाएर हिड्ने, हाम्रो दुख, सुख, हाँसो र आँसुमा सधैँ साथ हुने, हरपल, हरक्षण हामीसँग रहने कोही होला त ? अवश्य पनि कोही छ र त्यो भगवान हुन् । हामीले  गरेका कुकर्म, सुकर्म सबै भगवानलाई थाहा हुन्छ । मैले जीवनमा जबजब श्वास लिएँ तब तब भगवानलाई अनुभव गरेकी छु । जीवनमा सधैँ स्वार्थी भएर आफ्नो लागि मात्र नसोची कहिले काँही अरूका लागि पनि सोच्ने गरौँ । कसैको सेवा गरेर कति आनन्द प्राप्त हुन्छ भन्ने कुरा केवल सेवकले मात्र महसुस गरेको हुन्छ । ‘मानव से वा नै धर्म हो’ अर्थात मानवको सेवा गर्नु भनेकै इश्वर को सेवा गर्नु हो । यसर्थ जीवनमा सधैँ मुस्कुराउँदै बाधा, व्यावधानहरू पार गर्दै, जीवनको हरेक पलमा जिउन सिकौँ । हरक्षण हरघडी, हरपल जिन्दगी जिऔँ किनभने जीवन निकै छोटो र छोटो छ र जुन मानवले जीवनको तीतो सत्यहरू र पचाउन गाह्रो पार्ने वास्तविकतालाई अपनाउँदै, सुख र दुखसँग लड्दै, भिड्दै अघि बढ्ने मान्छेले मात्र मानव हुनुको सार्थकता झल्काउँछ र आफ्नो मृत्युमा अर्थात यस अनित्य संसारलाई ओठमा मन्द मुस्कान लिएर विदा गर्ने छ । त्यसैले भनिन्छ नि
परिवर्तन नै प्रकृतिको नियम हो ।’

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*